कोरोनाबाट आमा गुमाएका नवजात शिशुसहित परिवारका सदस्य डिस्चार्ज

dhulikhel_hospital
लोकपाटी न्यूज

काठमाडौं, ९ जेठ। कोरोना संक्रमणका कारण निधन भएकी महिलाको नवजात शिशुसहित अन्य परिवारको सदस्यहरुलार्य आज डिस्चार्ज गरिएको छ। धुलिखेल अस्पतालले एक विज्ञप्ति निकाल्दै नवजात शिशुसहित सबैलाई डिस्चार्ज गरिएको जनाएको हो।

नवजात शिशुको दुइपटक पीसीआरमार्फत् कोरोना परीक्षण गर्दा पनि नेगेटिभ रिपोर्ट आएको थियो। शिशुलाई जण्डिस देखिएर शरिरमा बिमिरा आएको भएपनि बाल रोग विशेषज्ञलाई देखाएको र सो निको भइसकेको अस्पतालले जनाएको छ।

चिकित्सकले नवजात शिशु डिस्चार्ज गर्न योग्य भएको बताएपछि उनीहरुलाई डिस्चार्ज गरिएको हो। मृतक महिलाको परिवारका सदस्यहरुको स्वाब संकलन गरी पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण नदेखिएपछि उनीहरुलाई डिस्चार्ज गरिएको विज्ञप्तिमा भनिएको छ। बाह्रबिसे नगरपालिका ९ की २९ वर्षीय महिलाको जेठ १ गते कोरोना संक्रमणका कारण निधन भएको थियो। उनी नेपालको कोरोनाबाट मर्ने पहिलो व्यक्ति हुन्।

uuu

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्