काठमाडौं, ९ जेठ। रौतहटमा गएराती प्रहरीले १२ राउन्ड गोली चलाएको छ।
सांसद तथा पूर्वमन्त्री मोहम्मद अफ्ताव आलमका भाइ मेहेताब आलमलाई पक्राउ गर्न गएको प्रहरी टोलीलाई स्थानीयले अवरोध गरेपछि गोली चलाउनु परेको प्रहरीले जानकारी दियो।
गएराती आलमका भाइ मेहेताब आलम सहितका तीन जना पक्राउ गर्न प्रहरी टोली त्यसतर्फ गएको थियो। स्थानीयले अवरोध गरेपछि आलमका भाइ फरार भएका छन्।



लोकपाटी न्यूज