नेपाल-भारत सीमा विवादबारे भारतीय मिडियाकाे भ्रामक प्रचार

Nepal Official Map
लोकपाटी न्यूज

काठमाडौं, ९ जेठ। यतिबेला नेपाल र भारतबीच सीमाका विषमा विवाद भएको छ। दुई देशबीच सीमा विवादले सुमधुर सम्बन्ध चिसिने अवस्था बनेको छ।

बढेको सीमा विवाद अन्तर्राष्ट्रिय मिडियामा प्राथमिकताको समाचार बनेको छ। सीएनएन, बीबीसी, अल जजिरालगायत मिडियाले लिपुलेक, लिम्पियाधुरा र कालापानीमा नेपाल र भारतबीच विवाद बढेको विषयको खबर छापेका छन्।

सीएनएनले नेपालले कालापानी क्षेत्र समावेश गरी नक्शा जारी गरेपछि भारतले अमान्य भन्दै आपत्ती जनाएको खबर छापेको छ। ११५ वर्ग किलोमिटरको यो क्षेत्र सामरिक दृष्टिले भन्दै अल जजिराले खबर छापेको छ।

भारतीय मिडियाले यो खबर निकै प्राथमिकताका साथ प्रकाशन र प्रसारण गर्न थालेका छन्। भारतले कालापानी क्षेत्र आफ्नै अखण्ड भुभाग भएको दाबी गर्दै आएको छ। तर, नेपालले उक्त क्षेत्र नेपालको रहँदै आएको र भारतीय सेना चीनसँगको युद्धका बखत पसेको भन्दै आएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्