लकडाउनकै बीच कक्षा १० र १२ को परीक्षा गर्ने भारत सरकारको निर्णय

India flag
लोकपाटी न्यूज

काठमाडौं, ७ जेठ। भारतमा लकडाउनकै बीच कक्षा १० र १२ कक्षाको परीक्षा हुने भएको छ। भारतको गृह मन्त्रालयले बुधवार कक्षा १० र १२ को परीक्षा गर्ने निर्णय गरेको हो। गृहसचिव अजय भल्लाले जारी गरेको विज्ञप्तिलाई ट्वीटरमार्फत् सार्वजनिक गर्दै मन्त्री अमित शाहले यो जानकारी दिएका हुन्।

विज्ञप्तिमा परीक्षासँग जोडिएका शिक्षक, कर्मचारी र विद्यार्थीले मास्क लगाउनुपर्ने, परीक्षा केन्द्रमा स्क्रीनिंग र स्यानिटाइजरको व्यवस्था गर्नुपर्ने भनिएको छ।

गृहमन्त्री शाहले कक्षा १० र १२ को परीक्षाका लागि सीबीएसई, आईसीएसईसमेत सबै राज्यका शिक्षा बोर्डलाई केही निश्चित शर्तसहित लकडाउनमा छुट दिने निर्णय गरेको जानकारी दिएका छन्। साथै सामाजिक दूरी कायम गर्न पनि भनिएको छ।