रमेश भुसाल/ पश्चिम नवलपरासी, ७ जेठ। पश्चिम नवलपरासीमा थप १ जनामा कोरोना पोजेटिभ देखिएको छ। पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका वडा नम्वर ५ का २७ वर्षीया पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो।
सुस्ता गाउँपालिकाको बेलावानी स्वास्थ्य चौकीको क्वारेन्टाइनमा बसेका उनी बैशाख ३० गते भारतको मुम्बईबाट आएका थिए। उनि नारायणी नदिमा ढुंगाको प्रयोग गरि आएको र आउन साथ घर नपुगी क्वारेन्टाइनमा बसेको पाइएको छ।
संक्रमित पुरुषमा कोरोनाको लक्षण केहि पनि नदेखिएको र अवस्था समान्य रहेको स्वास्थ्य कार्यलायका प्रमूख गौरब ढकालले जानकारी दिए। सुस्ता गाँउपालिकाको क्वारेन्टाइनबाट ५५ जनाको स्वाब संकलन गरेर परिक्षणका लागी पठाइए पनि ४१ जनाको मात्र रिर्पोट आएको र एक जनामा पोजेटिभ देखिएको स्वास्थ्य प्रमूख ढकालले जानकारी दिए।
योसँगै पश्चिम नवलपरासीमा कोरोना संक्रमितको संखया २ पुगेको छ। यस भन्दा अगाडि पश्चिम नवलपरासीको प्रतापपुर गाँउपालिका वडा नम्वर ५ का ३६ वर्षीय पुरुषमा कोरोना पुष्टि भए पछि भैरहवा भीम अस्पतालमा अहिले उनि उपचाररार्थ रहेका छन्।



लोकपाटी न्यूज

