नयाँ नक्सालाई भूमी फिर्ता गर्नका लागि प्रयोग गरियोस् : गगन थापा

Gagan Thapa
लोकपाटी न्यूज

काठमाडौं, ६ जेठ। नेपाली कांग्रेसका सांसद गगन थापाले सरकारले जारी गरेको नयाँ नक्सा पास होला वा नहोला भन्ने कुरामा आशंका व्यक्त गरेका छन्।

मंगलवार प्रधानमन्त्री केपी ओलीले संसदमा सम्बोधन गर्ने क्रममा प्रश्न गर्दै केही मानिसहरुले उक्त कुरामा आशंका गरेको संकेत गरी नयाँ नक्सा भूमी फिर्ता गर्नका लागि नभएर आफ्नो महिमा मण्डनको लागि प्रयोग गर्नेमा आशंका रहेको बताएका छन्।

साथै सांसद थापाले प्रधानमन्त्रीले जारी गरेको नयाँ नक्सालाई भूमी फिर्ता गर्नका लागि प्रयोग गर्ने आशा रहेको विश्वास समेत व्यक्त गरेका छन्। महासंकटका बेला घर आउन चाहने नेपाली नागरिकहरुलाई पटक पटक नेपाल ल्याउनको लागि सरकारलाई दवाव दिइरहेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्