मौसम पूर्वानुमान : यी क्षेत्रमा भारी वर्षासहित हिमपातको सम्भावना

mausam water
लोकपाटी न्यूज

कामाडौं, ६ जेठ। बिहानैदेखि काठमाडौंलगायत देशका विभिन्न भागमा मेघ गर्जनसहित वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दक्षिण बंगालको खाडीको मध्य भागमा चलिरहेको शक्तिशाली चक्रवातका कारण नेपालमा पनि यसको प्रभाव परेको हो।

चक्रवात अझ शक्तिशाली हुने क्रममा मंगलबारदेखि पूर्वी नेपालको मौसममा बदली हुन सक्ने तथा त्यसपछिको २/३ दिनसम्म देशै भरि बदली भइ केहि स्थानमा वर्षाको साथै उच्च हिमाली क्षेत्रमा हल्कादेखि मध्यम हिमपात र एक/दुई स्थानमा भारी हिमपात समेत हुन सक्ने जनाइएको छ। महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ।

महाशाखाका अनुसार आज दिउसो पनि देशका अधिकांश भागहरुमा आंशिक बदली पानी पर्नेछ। राती देशको पूर्वी भागहरुमा सामान्य बदली रही बाँकी भागमा मौसम सामान्यतया सफा रहने बताइको छ। यस चक्रवातको प्रभाव आगामी ३ दिन सम्म रहने विभागले जनाएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्