एक जनामा कोरोना भायरसको संक्रमणका देखिएपछि, मदाने गाउँपालिका पूर्ण सिल

लोकपाटी न्यूज

काठमाडौं, ५ जेठ। गुल्मीको मदाने गाउँपालिका अनिश्चितकालका लागी पूर्ण सिल गरिएको छ। सोमबार मदानेमा ४१ वर्षीय पुरुषमा कोरोना भाइरसबाट संक्रमित देखिएपछि गाउँपालिका पूर्ण रुपमा सिल गरिएको हो। संक्रमतिको रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालको भेन्टिलेटरमा उपचार भइरहको छ। गाउँपालिकाले उनको स्वास्थ्य लाभको कामना पनि गरेको छ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश भण्डारीद्वारा जारी विज्ञप्तिमा जोखिमका समयमा गाउँपालिका बासीलाई धर्यतापूर्वक रहन र कोरोनाविरुद्धका सुरक्षा उपाय अपनाउन अनुरोध गरिएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्