लिम्पियाधुरा सहितको नेपालको नक्सा प्रकाशन गर्ने मन्त्रिपरिषद् बैठकको निर्णय

लोकपाटी न्यूज

काठमाडौं, ५ जेठ।सरकारले लिपुलेक, कालापानी र लिम्पियाधुरा सहितको नेपालको नक्सा प्रकाशन गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्‍ बैठकले यस्तो निर्णय गरेको एक मन्त्रीले बताए। भूमि व्यवस्था मन्त्रालयले तयार पारेको नेपालको नयाँ नक्सालाई बैठकले पारित रहेको हो । आगामी आर्थिक बर्षका लागि तयार पारिएको सरकारको नीति तथा कार्यक्रमा नयाँ नक्सा जारी गर्ने विषय उल्लेख छ।भारतले लिम्पियाधुरा सहितको नेपाली भुमि अतिक्रमण गरेपछि ती भु—भाग सहितको नेपालको नक्सा प्रकाशन गर्न सरकारलाई चौतर्फी दवाव परेको थियो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्