निर्मल पौडेल/ पर्वत, ४ जेठ। पर्वतको माझी बस्तीमा खाद्यान्न वितरण गरिएको छ। जिल्लाको कुश्मा नगरपालिका वडा नम्बर १ पाङस्थित कालीगण्डकी नदिको किनारमा अवस्थित माझी बस्तीका विपन्न परिवारलाई खाद्यान्न वितरण गरिएको हो। दक्षिण कोरियामा अवस्थित होपसी संस्थाको सहयोगमा उक्त परिवारलाई राहात स्वरुप खाद्यान्न वितरण गरिएको हो।
कुश्मा नगरपालिकाको अनुरोधसँगै कुश्मा नगरपालिका ११ निवासी संजिव चापागाई र कुश्मा नगरपालिका ४ निवासी माधव पौडेलको संयोजनमा मालढुङका ९० परिवारलाई खाद्यान्न वितरण गरिएको हो। विश्वभरि फैलिएको कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण तथा रोकथामा लागि मुलुकमा जारी लकडाउनका कारण समस्यामा परेका नागरिकलाई प्रतिव्यक्ति १/१ बोरा चामाल वितरण गरिएको संयोजक माधव पौडेलले जानकारी दिए।
कालीगण्डकी नदीको किनारमा बालुवा चालेर तथा बंगुरपालेर जीबिकोपाजर्न गदै आएका सुकुम्बासी परिवारलाई राहात स्वरुप खाद्यान्न वितरण गरेको पौडेलले बताए। राहात पाएपछि माझी परिवार निके खुशी भएका थिए। कुश्मा नगरपालिकाका प्रमूख रामचन्द्र जोशी, उपप्रमूख सिता काफ्ले लामिछाने, कुश्मा नगरपालिका १ पाङका वडा अध्यक्ष देबेन्द्र सुवेदी, कुश्मा नगरपालिका ६ का वडा अध्यक्ष रुद्र गिरी, कुश्मा नगरपालिका ७ का वडा अध्यक्ष सुवासचन्द्र पौडेल र पाङका वडा सदस्य खगेन्द्र सुवेदी, कुश्मा नगरपालिका सूचना प्राविधिक अधिकृत राजिव रिमालको रोहवरमा पीडितहरुलाई खाद्यान्न वितरण गरिएको पौडेलले जानकारी दिए।



लोकपाटी न्यूज
