काठमाडौं, ४ जेठ। सांसद अपहरणको फाइल सरकारी वकिलको कार्यालय पुगेको छ। सांसद डा.सुरेन्द्र यादवलाई ‘अपहरण’ गरेर जनकपुरबाट काठमाडौं ल्याएको घटनाबारे प्रहरीले अनुसन्धान पूरा गरेको छ।
पूर्वआईजीपी सर्वेन्द्र खनाल, दुई सांसद महेश बस्नेत र कृष्णकुमार श्रेष्ठ ‘किशान’ संलग्न सो मुद्दाको अनुसन्धान फाईल सरकारी वकिल कार्यालयमा बुझाइएको छ। प्रहरीले घटनाको अनुसन्धान सकेर फाइल सरकारी वकिल कार्यालयमा बुझाएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्यामलाल ज्ञवालीले जानकारी दिए।
अनुसन्धान पुरा गरेर फाईल बुझाएको भन्दै उनले मुद्दा चल्ने वा नचल्ने निर्णय सरकारी वकिल कार्यालयबाट हुने बताए। वैशाख १० मा सर्वेन्द्र खनाल र दुई सांसदले डा.यादवलाई महोत्तरीबाट काठमाडौं ल्याएका थिए। जनता समाजवादी पार्टीले उनको अपहरण गरिएको दावी गरेर जाहेरी दिएपछि काठमाडौं प्रहरीले त्यसबारे अनुसन्धान गरेको थियो ।



लोकपाटी न्यूज

