काठमाडौं, २ जेठ। आज फेरि थप ९ ना कोरोना संक्रमित भेटिएका छन्। शुक्रबार बेलुकी ९ संक्रमित थपिएसँगै नेपालमा कोरोना भाइरस संक्रमितहरुको संख्या २ सय ६७ पुगेको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार बेलुकी पर्साका चार, उदयपुरका एक, दाङका तीन र काठमाडौंका एकसहित९ जना कोरोना संक्रमण पुष्टि भएको हो। संक्रमण देखिएमध्ये पर्सा वीरगञ्जका दुई बालक र काठमाडौं सतुंगलका पनि एक बालक छन्।
वीरगञ्जका नौ र दस वर्षीय बालक, वीरगञ्जकै २३ र ४७ वर्षका दुई महिला, दाङका गढवा र तुलसीपुरका तीन पुरुष, उदयपुरका एक २५ वर्षीय पुरुष र काठमाडौंका ७ वर्षीय बालकमा संक्रमण पुष्टि भएको हो।
यसअघि आज विहान पनि थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । शुक्रबार मात्रै योसँगै १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।




लोकपाटी न्यूज

