निर्मल पौडेल/ पर्वत, २ जेठ। पर्वत जिल्लामा बिहीबारदेखि स्वास्थ्य बीमा कार्यक्रम लागू भएको छ। स्वास्थ्य सेवा लिनका लागि बीमा गरेका व्यक्तिहरुलाई सहज रुपमा सेवा प्रवाह होस् भन्ने उद्देश्यले वीमा कार्यक्रम लागू गरिएको हो।
विश्वव्यापी महामारीको रूपमा फैलिरहेको कोरोना नियन्त्रणको लागि गरिएको लामो समय सम्मको लकडाउनका कारण स्वास्थ्य बीमा कार्यक्रमका लागि आवश्यक तयारी गर्न नपाएको, औषधी खरिद, कर्मचारी नियुक्ती र व्यवस्थापनलगायत अन्य सामान व्यवस्थापन लगायतका कामहरु बाँकी रहेको अस्पताल विकास समितिका अध्यक्ष गविन्द गिरी पहाडीले जानकारी दिएका छन्।
यस्तै पहाडीका अनुसार पर्वत अस्पताललाई प्राप्त जानकारी अनुसार लकडाउनका कारण यो अवधिमा स्वास्थ्य बीमा गर्ने व्यक्तिहरुको संख्या पनि त्यति धेरै नभएको र बीमा गरेका आमा-बुवा, दाजु, भाइ, दिदी बहिनीहरु तथा सम्पूर्ण लाभग्राही हरुलाई स्वास्थ्य सेवा लिन पर्वत अस्पताल आउनका लागि अस्पतालले अनुरोध गरेको छ।
अहिले कोरोना नियन्त्रणको कार्यमा निरन्तर लागि रहेकोले लकडाउन पश्चात जिल्ला अस्पतालबाट हुने सवै कार्यसम्पादनको व्यवस्थापन हुने पर्वत अस्पतालले बताएको छ। हरेक वाडहरुमा एक एकजना स्वास्थ्य वीमा विज्ञ परिचालन गरिएकोले हरेकले स्वास्थ्य गर्न सम्वन्धित श्रोतले बताएको छ।



लोकपाटी न्यूज

