काठमाडौैं, ८ वैशाख। प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठक बोलाएका छन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सचिवालय बैठक अहिले केहीबेरमा बस्न लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए।
सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सरकारले संसदीय दल वा केन्द्रीय समितिमध्ये एकमा मात्र ४० प्रतिशत बहुमत देखाएर पार्टी फुटाउन मिल्ने गरी अध्यादेश ल्याउने निर्णय गरेको थियो।
उक्त निर्णय बाहिरिएपछि पूर्वमाओवादी समूहका मन्त्रीहरू अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भेट्न उनको निवास खुमलटार पुगेका थिए।



लोकपाटी न्यूज

