पैसा छरेको भागेका भनिएका महिलाहरुको पीसीआर परीक्षणमा देखिएन कोरोना

लोकपाटी न्यूज

काठमाडौं, ७ बैशाख। पैसा छरेर भागेका भनिएका दुबै महिलाहरुमा कोरोना संक्रमण नभएको पाइएको छ।
प्रादेशिक अस्पताल जनकपुरमा गरिएको आरडीटी परीक्षणमा पोजिटिभ आएको भएपनि आरटी पीसीआर परीक्षणमा रिपोर्ट नेगेटिभ आएको प्रादेशिक अस्पतालले जनाएको छ ।पैसा छरेको आरोपमा पक्राउ परेका दुई जना महिलामध्ये एक जनामा ¥यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट परीक्षण गर्दा कोरोना एन्टीबडी पोजेटिभ देखिएको थियो।

त्यी महिलाहरुले १० रुपैयाँको १५ वटा नोट छरेर फरार भएको भनिएको थियो। प्रहरीले सीसीटीभी फुटेजको आधारमा उनिहरुलाई शनिबार जनकपुरधाम वडा नम्बर ७ जानकीनगरबाट नियन्त्रणमा लिई अनुसन्धान अघि बढाएको थियो। शनिबार नै प्रादेशिक अस्पतालमा ¥यापिड टेस्ट गराएको थियो । ¥यापिड टेस्टमा एक महिलामा पोजेटिभ देखिएपछि उनीहरुलाई अस्पतालको आइसोलेसनमा राखिएको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्