काठमाडौं, ५ बैशाख। २०२० को पहिलो त्रैमासिकमा चीनको जीडीपी ६.८प्रतिशतले गिरावट आएको छ। यो गिरावट २०१९ को पहिलो त्रैमासिकसँग तुलना गरिएको हो। तर यदि यसलाई अघिल्लो त्रैमासिकसँग तुलना गर्यो भने चिनियाँ अर्थतन्त्रमा यो गिरावट अझ बढी हुन्छ। पछिल्लो त्रैमासिकको तुलनामा गिरावट ९.५ प्रतिशत रहेको छ।
कोरोना महामारीको प्रकोप पछि अर्थव्यवस्थामा परेको प्रभावको आधिकारिक तथ्याङ्क आधिकारीक रुपमा सार्वजनिक गर्ने चीन विश्वको पहिलो देश हो। चिनियाँ अधिकारीहरूले भने,’अर्थव्यवस्थामा आएको गिरावटको बावजुद रोजगारी स्थिर छ।’ चीनमा बेरोजगारी हाल ६.२ प्रतिशत छ।
चीनको तथ्याङ्क ब्यूरोको अनुसार कोरोनाका कारण अर्थतन्त्र छोटो समयको लागि प्रभावित भएको छ, तर यसले दीर्घकालीन बृद्धिलाई असर गर्ने छैन। उनिहरुका अनुसार चिनियाँ अर्थव्यवस्थाको जग बलियो छ, कोरोनाका कारण चीनको अर्थव्यवस्था केही समयका लागि प्रभावित भए पनि विकासमा केही असर पर्ने छैन।



लोकपाटी न्यूज
