चीनको अर्को सहरमा पनि कुकुर-बिरालोको मासु प्रतिबन्ध

लोकपाटी न्यूज

काठमाडौं, ४ बैशाख। चीनको शेन्जेन सहरपछि अर्को सहरमा पनि कुकुर–बिरालोको मासुमा प्रतिबन्ध लगाएको छ। चनिको अर्को सहर जुहाईमा पनि कुकुर-बिरालोको मासुमा प्रतिबन्ध लगाइएको हो।

कोरोनाभाइरसको संक्रमणका कारण यो निर्णय लिइएको बताइएको छ। यो प्रतिबन्ध जुहाइ सहरका मे १ देखि लागू हुनेछ। यस्तै प्रतिबन्ध चीनमा पहिलोपटक हङ्गकङ निकट शहर शेन्जेनमा लगाइएको थियो। यो निर्णलाई पशु अधिकारबादीले स्वागत गरेका छन। एशियाभरी हरेक वर्ष करिब तीन करोड कुकुरलाई मासुका लागि मारिने तथ्याङ्क छ।