कोरोना भाइरसः बितेको २४ घण्टामा के-के भयो ?

corona world
लोकपाटी न्यूज

काठमाडौं, ४ बैशाख। जोन्स हपकिन्स विश्वविद्यालयका अनुसार कोरोना भाइरसले संसारभरि १ लाख ३४ हजार ६१६ मानिसको मृत्यु भएको छ, तीमध्ये सबैभन्दा धेरै मृत्यु संयुक्त राज्य अमेरिकामा भएको छ। जोन्स हपकिन्स विश्वविद्यालयको पछिल्लो तथ्याङ्कका अनुसार अमेरिकामा मर्नेहरूको संख्या बिहीबार बिहानसम्म २८ हजार ५२९ पुगेको छ। साथै, यो देश संक्रमणको मामलामा सबैभन्दा अगाडि छ। हालसम्म अमेरिकामा ६ लाख ४४ हजार ८९ संक्रमित भएको पुष्टि भइसकेको छ।

बितेको २४ घण्टामा के के भयो ?

-जोन्स हपकिन्स विश्वविद्यालयका अनुसार विश्वभरि कोरोना भाइरस संक्रमणका घटनाहरू २० लाख ८३ हजार भन्दा बढी पुगेको छ। मृत्यु हुनेको संख्या एक लाख १ लाख ३४ हजार ६सय नाघेको छ।

-अमेरिकामा भाइरसको संक्रमणबाट मर्नेको संख्या सबैभन्दा बढि छ त्यस्तै यहाँ संक्रमितको संख्या पनि सबैभन्दा बढि छ। संयुक्त राज्यमा मर्नेको संख्या २८ हजार ५ सय भन्दा बढी छ र संक्रमणका केसहरु ६ लाख ४४ हजार नाघेको छ।

-इटाली संयुक्त राज्य अमेरिका पछि दोस्रो सबैभन्दा बढी प्रभावित देश हो। इटालीमा मर्नेको संख्या २१ हजार भन्दा बढी छ। इटालीमा १ लाख ६५ हजार भन्दा बढी संक्रमित भएका छन्।

-इटाली पछि स्पेनमा सबैभन्दा बढी मृत्यु भएको छ। स्पेनमा १८ हजार ८१२ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ। जबकि १ लाख ८० हजार भन्दा बढी व्यक्ति संक्रमित छन्।

-त्यस्तै बेलायतमा मर्नेहरूको संख्या १२ हजार ८ सय भन्दा बढी छ। यहाँ संक्रमीत ९८ हजार ४सय भन्दा बढी भएको तथ्याङ्क छ।
-भारतमा भाइरसबाट संक्रमितको संख्या ११ हजार ९३३ छ। यहाँ ३९२ व्यक्तिको मृत्यु पुष्टि भएको छ। जबकि १३ सय ४४ ब्यक्ति निको भएर घर फर्किसकेका छन।

-आईएमएफका अनुसार यस वर्ष कोरोना भाइरसको कारण एशियाको आर्थिक वृद्धि ६० बर्षमा पहिलो पटक रोकिने छ।

-चीनले कोविड -१९ का बिरामीहरूको उपचारका लागि सुरू गरिएको एउटा अस्पताल बन्द गरेको छ। कोविड-१९ को लागि विशेष गरी तयार गरिएको यो अस्पतालहरू केहि दिनमा तयार भएको थियो।

-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भनेका छन्, ‘अमेरिकामा कोरोना भाइरसको सबैभन्दा खतरनाक चरण बितिसकेको छ र अमेरिकाका केही राज्य छिट्टै खुल्ने आशा गर्न सकिन्छ।’ ह्वाइट हाउसमा आफ्नो दैनिक प्रेस वार्तामा राष्ट्रपति ट्रम्पले विभिन्न राज्यका गभर्नरहरूसँग वार्ता पछि प्रतिबन्ध हटाउनका लागि निर्देशनहरू बिहीबार घोषणा गर्ने भएका छन।

-राष्ट्रपति ट्रम्पको रकम रोक्का सम्बन्धी निर्णय पछि डब्ल्यूएचओ प्रमुख डा. टेड्रोस अदनम जिब्रियासले भने, ‘अमेरिका लामो समयदेखि डब्लुएचओको मित्र रहेको छ र आर्थिक सहयोग पनि गर्दै आएको छ।’ हाल ट्रम्पको निर्णयको आलोचना भइरहेको छ। डा. टेड्रसले भने, ‘डब्ल्यूएचओले अमेरिकी कोष बन्द हुने प्रभावको समीक्षा गरिरहेको छ। हामी हाम्रा साझेदारहरूसँग आर्थिक संकटमा पनि कुनै न कुनै रूपमा निरन्तर काम गर्ने छौं। चिन्ता नलिनुहोस्, हामी यो सुनिश्चित गर्नेछौं कि काम रोकिदैन।’

-फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले फ्रान्सेली रेडियोलाई एक अन्तर्वार्तामा संयुक्त राष्ट्रका प्रमुख अन्टोनियो गुटरेसको अपीलको समर्थन गरेका छन।
-जर्मनीका चान्सलर एन्जेला मार्केलले कोरोना भाइरसको संक्रमणलाई रोक्ने लगाइएको लकडाउन अब बिस्तारै हटाइने बताएकी छन्। यद्यपि सामाजिक दूरीको नियम कम्तिमा तीन मे सम्म लागु हुनेछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्