काठमाडौं, ४ बैशाख। ड्युटी सकेर निवासमा फर्किँदै गर्दा तीन जना चिकित्सकलाई प्रहरीले हातपात र लाठीचार्ज गरेका छ। उनिहरुलाई कान्ति बाल अस्पतालको पछाडिपट्टी आरालोमा प्रहरीहरुले हातपात र लाठीचार्ज गरेका हो । उनिहरु तीनै जना त्रिवि शिक्षण अस्पताल (आईओएम) मेडिसिन डिपार्टमेन्टमा कार्यरत चिकित्सक हुन्।
राष्ट्रिय आवासीय चिकित्सक संघले कोरोनाको महामारीका वेला सर्वसाधारणको उपचारमा खटिएका तीन जना डाक्टरमाथि कुटपिट भएको बताएको छ । अध्यक्ष डा. अनुप उप्रेती र सचिव बादल कार्कीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘परिचय पत्र देखाउँदा र अस्पतालबाट फर्केको अवगत गराउँदा समेत लाठी चार्ज र गाली गलौज गर्ने प्रहरीलाई छानविनको दायरामा ल्याउन र कारबाही अगाडि बढाउन आह्वान गर्दछौं ।



लोकपाटी न्यूज