काठमाडौं, ३ बैशाख। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले हिँडेर जान बाध्य मजदुरलाई घर पुग्ने व्यवस्था मिलाउन सरकारसँग माग गरेका छन्।लामो समयको लकडाउनको कारण काठमाडौं उपत्यकासहित विभिन्न ठाउँमा काम गर्ने मजदुरहरु पैदलै लामो दुरीमा हिँडेर गइरहेका छन्।
बुधबार ट्वीटरमार्फत थापाले काम नपाएर,खानेबस्ने सुविधा नभएर वा परिवारको मायाले सयौं किमि हिंडेर घर फर्किरहेकाहरु प्रति सरकारको कुनै जिम्मेवारी छैन? भनि प्रश्न गरेका छन्। उनले उनीहरुलाई सम्झाईबुझाई आवश्यक व्यवस्था गरि यथास्थानमा राख्न वा घरपुग्न सहयोग गर्न सरकारसंग माग पनि गरेका छन्।
उनले लेखेको छनः सरकार भावनामा बगेर निर्णय हुंदैन भन्छ। तर,काम नपाएर,खानेबस्ने सुविधा नभएर वा परिवारको मायाले सयौं किमि हिंडेर घर फर्किरहेकाहरु प्रति सरकारको कुनै जिम्मेवारी छैन?उनीहरुलाई सम्झाईबुझाई आवश्यक व्यवस्था गरि यथास्थानमा राख्नोस वा घरपुग्न सहयोग गर्नोस।यति भावनारहित हुनुभएन, @kpsharmaoli



लोकपाटी न्यूज

