काठमाडौं, २ बैशाक। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले, तलब भत्ता नलिने घोषणा गरेका प्रधानमन्त्री केपी शर्मा ओलीलगायतका नेताहरुलाई विलासी रहनसहनको खर्च कसरी चल्छ भनेर प्रश्न गरेका छन्। मंगलबार पूर्वप्रधानमन्त्री भट्टराईले ट्वीटरमा ट्वीट गर्दै तलबभत्ता पूरै त्याग्ने घोषणालाई ‘राम्रो’ भएको बताएका छन्, साथै उनले प्रश्न गरेका छन, ‘आफ्नो कुनै पैतृक सम्पति, बचत र वैध कमाइ नहुनेहरु (कमसेकम संसद/सरकारलाई बुझाएको सम्पत्ति विवरणमा नदेखिने!) को विलासी रहनसन र चुनावको खर्च कसरी चल्छ त्यो पनि बताउँदा राम्रो होला कि ?’
प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार नयाँ वर्षको अवसरमा देशवासीलाई सम्बोधन गर्दै आफूले पाउने पारिश्रमिक कोरोना रोकथाम तथा नियन्त्रणका कोषमा जम्मा गर्ने घोषणा ओलीले गरेका थिए । त्यस्तै सोमबार नै नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ (प्रकाश)ले पनि पारिश्रमिक नलिने घोषणा गरेका थिए।
उनले लेखेका छनः
प्रम लगायत कतिपय बड़े नेताहरूले आफ्नो दृश्य तलब भत्ता पूरै त्याग्ने घोषणा गर्नु राम्रो हो।त्यससंगै आफ्नो कुनै पैतृक सम्पत्ति,बचत र वैध कमाइ नहुनेहरू (कमसेकम संसद/सरकारलाई बुझाएको सम्पत्ति विवरणमा नदेखिने!) को विलासी रहनसहन र चुनावको खर्च कसरी चल्छ त्यो पनि बताउँदा राम्रो होला कि?



लोकपाटी न्यूज