अमेरिकामा कोरोनाबाट मर्नेको संख्या २३ हजार नाघ्यो

America Flag
लोकपाटी न्यूज

काठमाडौं, २ बैशाक। संसारभार फैलिएको कोरोना भाइरसको संक्रमणबाट सबैभन्दा धेरैको ज्यान जाने मुलुक अमेरिका भएको छ। अमेरिकामा मंगलबार बिहानसम्म कोरोनाका कारण २३ हजार ६४० जनाको मृत्यु भइसकेको छ ।त्यस्तै अमेरिकामा १२ हजार मानिसको अवस्था गम्भीर रहेको छ ।

अमेरिकामा ५ लाख ८६ हजार ९४१ जनामा कोरोना पुष्टि भइसकेको छ भने सोमबार मात्रै २६ हजार नयाँ संक्रमित पुष्टि भएको थियो । सोमबार अमेरिकामा १५ सय २५ जनाको मृत्यु भएको थियो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्