काठमाडौं, २ बैशाक। कोरोना भाइरस सन् २००९ को स्वाइन फ्लूको तुलनामा १० गुणा बढी खतरनाक भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक डा. टेड्रोस घेब्रियेससले बताएका छन। सोमबारको भर्चुअल ब्रिफिङमार्फत् संगठनका प्रमुख डाक्टर टेड्रोस एदनाम गेब्रियेससले स्वाइन फ्लूले भन्दा बढी र चाँडो कोरोनाको प्रभाव फैलने र संक्रमितको ज्यान लिने बताएका हुन्।
उनले एक प्रभावकारी खोपमार्फत् नै कोरोना भाइरसलाई पूर्ण रुपले रोक्न सकिने पनि बताए। सार्वजनिक प्रयोगका लागि कोरोनाको भ्याक्सिन बन्न समय लाग्न सक्ने उनको कथन छ। तर त्यस्तो भ्याक्सिनले यस विश्वव्यापी माहामारीलाई रोक्ने उनि बताउछन। डा. घेब्रियेससले केही देशमा हरेक ३–४ दिनमा संक्रमण दोब्बर भएको भन्दै जतिमात्रामा यो तीव्र रुपमा फैलिएको छ, उति नै ढिला घटिरहेको पनि उल्लेख गरे। यहीकारण नियन्त्रणका उपाय पनि एकैपटक भन्दा बिस्तारै हटाउनुपर्ने आवश्यकता रहेको उनको भनाइ छ।
सन् २००९ मा देखिएको स्वाइन फ्लूले २०१० को अगस्टसम्म रह्यो। उक्त फ्लुले विश्वभर ५ लाख ७५ हजार चार सय मानिस मारेको थियो। कोरोना भाइरसको संक्रमणबाट हालसम्म १ लाख १९ हजार ६६६ जनाको मृत्यु भइसकेको छ।



लोकपाटी न्यूज