लकडाउन अझै एकसाता लम्बाउने तयारी

mantriparisadko baithak
फाइल तस्वीर
लोकपाटी न्यूज

काठमाडौं, २ बैशाक। लकडाउन लम्बाउने तयारी सरकारले गरेको छ। आज बस्ने मन्त्रिपरिषद्को बैठकले लकडाउन एक साताका लागी थप्ने निर्णय गर्नसक्ने बालुवाटार स्रोतले जनाएको छ। बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बस्दै छ। सरकारले तेस्रो पटक थप गरेको लकडाउनको अबधी बुधबार सकिँदैछ।

सरकारले पहिलो पटक चैत ११ गतेबाट एक साताका लागी लकडाउने गर्ने निर्णय लिएको थियो । कोरोना संक्रमितको संख्या बढिरहेको र परीक्षणको दायरा अझ बढाउनुपर्ने भएकोले लकडाउन एकसाता लम्ब्याउन लागिएको स्रोतले बतायो। नेपालमा कोरोना भाइरसबाट संक्रिमितको संख्या १५ पुगेको छ। पहिलो पटक चीनबाट आएका एक युवामा देखिएको संक्रमण अहिले नेपालका विभिन्न जिल्लामा देखिएको छ।

हिजोमात्रै काठमाडौंस्थित पेप्सीकोलामा रहेको सनसिटी अपार्टमेन्टको १५ औँ तलामा रहेको एक परिवारमा कोरोना पोजेटिभ देखिएपछि उक्त अपार्टमेन्टमा सिल गरिएको थियो ।  उनिहरुमा ¥यापिड डायग्नोस्टिक टेष्ट किटमा परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको हो। उनीहरुलाई त्यहाँबाट लगेर पाटन अस्पतालको आइसोलेसनमा राखिएको छ। पाटन अस्पतालका निर्देशक डा. विष्णुप्रसाद शर्माका अनुसार ¥यापिड डायग्नोस्टिक टेस्ट किटमा कोरोना परीक्षणका क्रममा कोरोना पोजेटिभ देखिएपछि अस्पतालको आइसोलेसनमा राखिएको हो।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्