लकडाउन थप कडा बनाउन निर्देशन

lockdown
लोकपाटी न्यूज

काठमाडौं, २ बैशाख। लकडाउन थप कडा बनाइने भएको छ। कोरोना संक्रमण रोकथामका लागि गरिएको लकडाउन बाग्मती प्रदेशले  थप कडा बनाउने भएको हो। मुख्यमन्त्री डोरमणि पौडेलले लकडाउन थप कडा बनाउन निर्देशन दिएका हुन। प्रदेश सरकारका अनुसार आजदेखि राजधानी हेटौँडामा लकडाउन अवधिभर मोटरसाइकल सञ्चालनमा पूर्ण रुपमा रोक लगाएने भएको छ। यस्तै किनमेलको समयलाई बिहान ६ देखि ९ बजेसम्म ३ घण्टा कायम गरिएको छ।

प्रदेश २ का जिल्ला पर्सा र रौतहटमा समेत कोरोना सङ्क्रमित फेला परेपछि मुख्यमन्त्री पौडेलले सतर्कताका लागी लकडाउन कडा बनाउन निर्देशन दिएका थिए । पौडेलले प्रदेशका सबै जिल्लामा वडावडामा खाद्य सामग्री किनमेल गर्न मिल्ने व्यवस्था गरेर नागरिकलाई एउटा वडाबाट अर्को वडामा आउजाउ गर्न नपाउने अवस्था बनाउन निर्देशन दिए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्