उत्तर कोरियाले आफ्नो शासकीय निकाय ‘स्टेट अफेयर्स कमिटि’मा व्यापक परिवर्तन

Kim Jong un
लोकपाटी न्यूज

काठमाडौं, १ बैशाख। उत्तर कोरियाले आफ्नो शासकीय निकाय ‘स्टेट अफेयर्स कमिटि’मा व्यापक परिवर्तन गरेको छ। उत्तर कोरियाका नेता किम जोङ-उनले स्टेट अफेयर्स कमिटिमा ठुलो परिवर्तन गर्दै करिब एक तिहाई सदस्यलाई हटाएर नयाँलाई सो समितिमा ल्याइएका  छन्। किम उत्तर कोरियामा निर्णय लिने शीर्ष निकाय स्टेट अफेयर्स कमिटीका अध्यक्ष हुन। सन् २०११ मा शासन सम्हालेदेखि किमले शक्तिमा दह्रो पकड बनाएका छन्।

उनले उक्त निकायका १३ सदस्यमध्ये पाँचलाई आइतवार हटाएको सरकारी समाचार संस्था केसीएनएले जानकारी दिएको छ। केसीएनएका अनुसार आफ्नो दाजुको लामो समयदेखि सल्लाहका रहेकी किम यो-जोङलाई शीर्ष नेताको वरियतामा शनिबार भएको फेरबदलपछि केन्द्रीय समितिको राजनीतिक व्युरोको वैकल्पिक सदस्य चयन गरिएको छ। बैंठकपछि सार्वजनिक गरिएका तस्विरहरुमा बैठममा सहभागीहरु एकअर्काको नजिकै मास्क नलगाइकन बसेको देखिन्छ। किम आफैं उक्त बैठकमा थिएन कि थिएनन् भन्ने उल्लेख केसीएनएले गरेन र तस्वीरहरूमा उनी देखिएका छैनन्।