काठमाडौं,१ बैशाख। प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा कोरोना भाइरसको महामारी नसकिदांसम्म पारिश्रमिक नलिने घोषणा गरेका छन्। सोमबार नयाँ वर्ष २०७७ को शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले उक्त अवधीको आफ्नो सम्पूर्ण पारिश्रमिक राहत कोषमा जम्मा गर्ने घोषणा गरेका हुन।’आवश्यक पर्दा हुनेको गास काटेर, नहुनेलाई बचाउने त हाम्रो परम्परा पनि हो।’ उनले सुभकामना सन्देशमा भनेका छन्,’मुलुकको कार्यकारी प्रमुखका हैसियतले कोरोना महामारी समाप्त नभएसम्म मैले आफ्नो पारिश्रमिक ‘कोभिड-१९, प्रधानमन्त्री राहत कोष’मा जम्मा गर्ने निर्णय गरेको छु’।
त्यसैगरी उनले आफ्नो भिडियो सन्देशमा कोरोनाका कारण देशको उत्पादन र उत्पादन प्रणालीमा परेको असरको अध्ययन भइरहेको पनि बताएका छन। ‘सरकारको यतिबेलाको सर्वोच्च र एकमात्र प्राथमिकता नागरिकहरुको स्वास्थ्य सुरक्षा हो’ उनले भने्, ‘यतिबेलाको सबैभन्दा महत्वपूर्ण विकास निर्माण कार्य भनेको सङ्क्रमण फैलिन नदिने कुरा सुनिश्चित गर्ने हो, त्यसैले अहिले यतिबेला हामीले आफ्नो ध्यान संक्रमितहरूको पहिचान, परीक्षण अनि उपचारमा केन्द्रित गरेका छौं।’



लोकपाटी न्यूज

