काठमाडौं । कोरोना भाइरसले विस्तारै मौसमी संक्रमणको रुप धारण गर्न सक्ने अमेरिकाका शीर्ष वैज्ञानिकले चेतावनी दिएका छन्। महामारीको रुपमा फैलिएको कोरोना भाइरस अमेरिकामा संक्रामक रोगका विशेषज्ञ डा. एन्थोनी फाउसीले पूरै विश्वमा कोरोना भाइरसको नियन्त्रण असम्भवजस्तै देखिएको बताएका छन्।
अमेरिकाको नेशनल इन्स्टिच्युट अफ हेल्थमा संक्रामक रोगका विशेषज्ञ डा. फाउसीले कोलम्बिया ब्रोडकास्टिङ सर्भिस (सिबीएस)को ‘फेस द नेशन’कार्यक्रममा भने ‘यस वर्ष पृथ्वीबाट कोरोनाभाइरसलाई उखेलेर फ्याँक्नु असम्भव जस्तै छ।’
डा. फाउसीका अनुसार अमेरिकामा अर्को फ्लुको मौसममा कोरोनाभाइरस फेरि फैलिन सक्ने खतरा छ। फाउसीका अनुसार कोरोनाभाइरस फेरि फर्किन सक्ने सम्भावनाकै कारण अमेरिका तीव्र गतिमा आफ्नो तयारीलाई बलियो बनाइरहेको छ। अमेरिकाले भ्याक्सिन विकसित गर्नेदेखि सम्भावित उपचारको सम्बन्धमा क्लिनिकल ट्रायल गरिरहेको उनले बताए।
फाउसीले भने ‘यदि कोरोना फेरि फर्कियो भने त्यतिबेला हामीसँग कम से कम यसलाई रोक्ने उपाय त हुनेछन्।’ फाउसीले यसअघि अमेरिकाले १२ देखि १८ महिनामा कोरोनाभाइरसपिरुद्ध भ्याक्सिन तयार गर्ने बताएका थिए। फाउसीले अमेरिकामा कोरोनाभाइरसका कारण १ लाखभन्दा धेरैको मृत्यु हुन सक्ने बताएका छन्। उनले जुन राज्यहरुले मानिसहरुलाई घरमा बने आदेश जारी गरिरहेका छैनन् उनीहरु देशलाई भन्दा धेरै आफैंलाई खतरामा पारिरहेको भन्दै सचेत बनाएका छन्। डिसी नेपालबाट



लोकपाटी न्यूज

