काठमाडौं, २९ चैत। नेपाल प्रहरीका १० प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई प्रहरी नायव महानिरीक्षकमा बढुवा सिफारिस गरिएको छ। शुक्रबार साँझ गृह मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले रिक्त १० डीआइजी पदमा बढुवाका लागि सिफारिस गरेको हो।
गृहमन्त्रालय अन्तर्गतको बढुवा समितिले उनीहरुलाई प्रहरी नायव महानिरीक्षक (डीआइजी) मा बढुवाका लागि सिफारिस गरेको हो। गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा एसएसपीहरु घनश्याम अर्याल, धिरजप्रताप सिंह, सहकुल थापा, बसन्तकुमार लामा, बसन्तकुमार पन्त, ईश्वरबाबू कार्की, प्रकाशजंग कार्की, उत्तमराज सुवेदी, रवीन्द्रसिंह धानुक र अरुणकुमार बिसी डीआइजी सिफारिसमा परेका छन्। बढुवा समितिमा आईजीपी ठाकुरप्रसाद ज्ञवाली सदस्य र एआइजी शैलेश थापा क्षेत्री सदस्यसचिव छन्।



लोकपाटी न्यूज

