प्रधानमन्त्री ओली र भारतिय प्रधानमन्त्री मोदीबीच टेलिफोन बार्ता

लोकपाटी न्यूज

काठमाडौं, २८ चैत। प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच शुक्रबार टेलिफोन वार्ता भएको छ।  मोदीसंग शुक्रबार टेलिफोन वार्ता भएको प्रधानमन्त्रीले ट्वीटरमार्फत जानकारी दिएका हुन। सीमा बन्दका कारण सीमामा रोकिएका दुवै देशका नागरिबारे छलफल भएको प्रधानमन्त्रीले ट्वीटरमार्फत जानकारी दिएका छन्।

सीमामा भारततर्फ करिब दुई हजार नेपाली छन्। नेपालतर्फ करिब ६ सय भारतीय रोकिएका छन्। आ-आफ्नो देशका नागरिकको हेरचाहबारे छलफल भएको ओलीले जनाएका छन्। उनले कोरोनाविरुद्धको सहकार्यलाई अझै मजबुत बनाउने विषयमा समेत छलफल भएको ट्वीटरमा लेखेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्