भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय २७ पुग्यो

coronavirus-test-kiti
लोकपाटी न्यूज

काठमाडौं, २८ चैत। विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट भारतमा मृत्यु हुनेको संख्या दुई सय २७ पुगेको छ। वल्डोमिटर डट इन्फोको तथ्यांकअनुसार भारतमा भाइरसबाट संक्रमित हुने मानिसको संख्या छ हजार सात सय २५ पुगेको छ। २१ दिनको लकडाउनको अवस्थामा रहेको भारतमा भाइरसको महामारी बढ्दो क्रममा छ। अहिलेसम्म भारतका २८ राज्यमा यो भाइरसका संक्रमित देखिएका छन्।

भाइरसबाट सबैभन्दा बढि प्रभावित महाराष्ट्र बनेको छ। त्यहाँ अहिलेसम्म एक हजार तीन सय ६४ संक्रमित भेटिएका छन् भने ९८ जनाको मृत्यु पनि भइसकेको छ। तामिलनाडुमा आठ सय २४ जना मानिस यो भाइरसबाट संक्रमित भएका छन भने भाइरसबाट ८ जनाको मृत्यु भइसकेको छ।