निर्मल पौडेल/ पर्वत, २७ पुस। गुल्मीको कालिगण्डकी गाउँपालिकामा राहत बितरण कार्यलाई अगाडि बडाइएको छ। विश्वभरी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस कोभिड-१९ का कारण लकडाउन भएको अवस्थामा निम्न वर्गका नागरिकहरुलाई समस्या नहोस् भनेर गाउँपालिकाले पालिका भित्रका वडाहरुमा राहत बितरण कार्यलाई अगाडि बढाएको हो। बिहीबार गाउँपालिकाको वडा नम्वर २ मा रहेका बिपन्न तथा निम्न वर्गका करिब १ सय ३५ परिवारमा राहत बितरण गरिएको हो।
गाउँपालिकाले स्थापना गरेको विपत व्यवस्थापन कोषमार्फत् वडामा रहेका निम्न वर्गका नागरिकहरुलाई दाल चामल, नुन, तेललगायतका खाद्यान्न सामग्री वितरण गरेको स्थानीय युनिक न्यौपानेले जानकारी दिए।
गाउँपालिकाले परिवारको संङ्ख्याको आधारमा राहत वितरण गरिरहेको छ भने हरेक वडामा २ लाख बराबरको रकम छुट्याएर पीडित घर परिवारहरुलाई राहत प्रदान गरेको छ। वडा नम्वर २ मा वडाध्यक्ष न्यौपानेको संयोजकत्वमा राहत बितरण गरिएको र हरेक वडामा वडाध्यक्ष मार्फतनै राहत प्रदान गरिएको न्यौपानेले जानकारी दिए।



लोकपाटी न्यूज

