वडाभित्र राहत बितरण गर्दै सुनवल नगरपालिका

rahat
लोकपाटी न्यूज

रमेश भुसाल/ सुनवल, २६ चैत। सुनवल नगरपालिकाका १३ वटै वडाभित्र राहत बितरणको कार्यक्रमलाई तदरुकताका साथ अगाडि बढाइएको छ। प्रत्येक वडामा वडाध्यक्षको संयोजकत्वमा बनेको राहत बितरणका लागि वडा स्तरीय समितिमार्फत् राहत बितरण भएको छ।

प्रत्येक वडाका समतिहरु सक्रिय रुपमा राहत बितरणलाई व्यवस्थित पार्दै राहत वितरण गरेका छन्। विश्वभर फैलिएको कोरोना भाइरस रोकथामको लागि गरिएको लकडाउनका कारण दैनिक मजदुरी गरेर खानेहरुको लागि राहत बितरणको कार्यक्रमा कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै मानविय दूरी कायमका लागि रेखाङकन गर्ने लगाएतका सवै पक्षहरुलाई ख्याल गर्दै राहत बितरण गरेको सुनवल नगरपालिका वडा नम्वर ४ का वडाध्यक्ष विर बहादुर गुरुङले बताए।

वडा नम्वर ४ मा १ सय ८९ घरधुरीलाई परिवारको संख्याको आधारमा दुई किसिमबाट राहत बितरण गरएको उनले बताए। सुनवल नगरपालिकाको सवै वडाहरुबाट १ हजार ९ सय १० घरधुरी राहतको लागि सिफारीस भएका थियो।

 

 

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्