नेपालमा रहेका २ सय ६८ बेलायती घर फर्कदै

Capture
लोकपाटी न्यूज

काठमाडौं, २६ चैत । बेलायतको टाइटान एयरलाइन्स जहाज नेपाल आएको छ। नेपालमा रहेका दुई सय ६८ बेलायती नागरिकलाई फिर्ता लैजान जहाज नेपाल आएको हो।

कोरोना महामारीका कारण नेपालमा फसेका नागरिक लिन बेलायतको टाइटान एयरलाइन्स काठमाडौं अवतरण गरेको हो।नेपालस्थित बेलायती राजदूतावासको पहलमा बेलायती नागरिकहरु देश फर्कन लागेका हुन्।

नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीका अनुसार यो जहाजले पुनःकाठमाडौं-दुबई हुँदै बेलायत उडान गर्नेछ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्