काठमाडौं, २६ चैत। भारतमा बितेको २४ घण्टामा कोरोनाका कारण थप १३ जनाको ज्यान गएको छ। यो संगै भारतमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १२४ पुगेको बीबीसी हिन्दीले उल्लेख गरेको छ।भारतमा बितेको २४ घण्टामा ५०८ जनामा कोरोनाको संक्रमण देखिएको छ। अब भारतमा कोरोना संक्रमितको संख्या ४ हजार ७८९ पुगेको बीबीसी हिन्दीले लेखेको छ। सोमबार मात्रै ७०४ जना कोरोना भाइरसका नयाँ संक्रमितहरु भारतमा भेटिएका थिए।
भारतमा थप १३ जनाको मृत्यु
प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्


लोकपाटी न्यूज

