काठमाडौं, २५ चैत। समाजसेवी तथा व्यवसायी हरि चन्दले इट्टा भट्टामा काम गर्ने मजदुरहरुलाई मंगलबार खाद्यान्न सामग्री सहयोग गरेका छन्। पश्चिम रुकुम बाफिकोट गाउँपालिका वडा नम्बर १० निवासी चन्दले धादिङको धुनिबेसी ५ मा रहेको श्री सत्य इट्टा उद्योगमा कार्यरत मजदुरलाई खाद्यान्न सहयोग गरेका हुन्।
पश्चिम् रुकुम, पूर्वि रुकुम र बाँकेबाट मजदुरी काम गर्न धादिङ धार्के स्थित श्री सत्य इट्टा उद्योगमा काम गर्न आएका प्रकाश रसाइलीको नेतृत्वमा रहेका ३० जना मजदुरहरुलाई खाद्यान्न सहयोग गरिएको हो। समाजसेवी तथा व्यवसायी हरि चन्द, दीलिप सोनी र हरि ओलि काठमाडौंबाट इट्टा उद्योगमा पुगेर तीन कुन्टल चामल, दुई पेटी तेल र ५० के.जी दाल हस्तान्तरण गरेका हुन्। चन्द लामोसमयदेखि समाज सेवा गर्दै आएका छन्।

कोरोना भाइरसको त्रास बढेसँगै घोषणा गरिएको लकडाउनका कारण ज्याला मजदुरी गरि जीवीकोपार्जन गरिरहेकाको बिजोग भएको छ। ज्याला मजदुरी गर्दै आएका मजदुरहरुको परिवार भोकमरीमा परेका छन्। ज्याला मजदुरी गर्दै परिवारको बिहान बेलुकाको गर्जाे टार्दै आएका मजदुरहरु विशेष गरी समस्यामा परेका छन्।



लोकपाटी न्यूज
