काठमाडौ, २५ चैत। शंकर ग्रुपका मालिक तथा जगदम्बा स्टिल्स र सिमेन्टका सञ्चालकसमेत रहेका सुलभ अग्रवाल पक्राउ परेका छन्। उनलाई कालोबजारी गरेको आरोपमा दिउँसो नक्सालबाट महानरीय प्रहरी अपराध महाशाखाको टोलीले उनलाई पक्राउ गरेको हो। उनले ज्वरो नाप्ने थर्मल गन महङ्गोमा बेच्ने प्रयास गरेका थिए। तीन हजार पर्ने थर्मलगनलनइ १५ हजार रुपैयाँमा बेच्न खोज्दा उनि पक्राउ परेका हुन।
उनको साथबाट ६७ थान थर्मल गन पनि बरामद भएको छ ।अग्रवाल किर्गीस्थानका अवैतनिक महावाणिज्यदूतसमेत हुन्। प्रहरीले उनको साथबाट २०९८ सीसी वान नम्बरको गाडी प्रहरीले बरामद गरेको छ।
शनिबार उनले चीनको ग्वन्झाओबाट चार टन मेडिकल सामग्री ल्याएका थिए। उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दियो।



लोकपाटी न्यूज
