जनकपुरधाम, २५ चैत। अस्पतालको आइसोलेशनबाट भागेकी महिला पक्राउ परेकी छन। उनिलाइ कोरोनाको आशंकामा प्रादेशिक अस्पताल जनकपुरको आइसोलेशनमा भर्ना गरिएको थियो। सिरहाको नरहा गाउँपालिका वडा नम्बर ३ बस्ने उत्त महिलालाई धनुषाको सपहीबाट पक्राउ गरी पून आइसोलेसनमा राखिएको हो।
भारतको बिहार राज्यको झँझारपुरबाट फर्किएपछि उनलाई घाखोकी र ज्वरोको लक्षण देखिएको थियो । परिवारले घरमा बस्न नदिएपछि उनलाई अस्पतालमा भर्ना भएकी थिइन। दुई दिन पहिले उनलाई जनकपुरस्थित प्रादेशिक अस्पतालको आइसोलेसनमा भर्ना गराइएको थियो।



लोकपाटी न्यूज