दुइ साता थप चुनौतीपूर्ण हुनसक्छः प्रधानमन्त्री

PM_KP_Oli
लोकपाटी न्यूज

काठमाडौं, २५ चैत। प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी दुई साता थप चुनौतीपूर्ण हुनसक्ने बताएका छन्।मंगलबार राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्। प्रधानमन्त्री ओलीले देशमा पहिलो व्यक्तिको संक्रमण पहिचान भएदेखि यता साझा प्रयत्नले संक्रमितको संख्या ९ जनामा मात्र सीमत गर्न सकिएपनि नेपाल अझैं उच्च जोखिममा रहेको उल्लेख गरे।

संक्रमितको संख्या ९ जनामा मात्र सीमत गर्न सकिएपनि नेपाल अझैं उच्च जोखिममा रहेको प्रधानमन्त्री ओलीले बताए । उनले सम्बोधनका क्रममा कोरोना रोकथाम, नियन्त्रण र उपचारसहितको तीन सूत्रीय फर्मुलासहित सरकार अभियानमा होमिएको बताएका छन्। उनले महामारीको संक्रमण फैलिन नदिन सरकारले सारा प्रयास गरिरहेको उनले बताए।

नेपाल कोरोविरुद्धको लडाईमा होमिएको बताउँदै प्रधानमन्त्री ओलीले दुई सातादेखि मुलुक लकडाउनमा रहेको स्मरण पनि गराए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्