संकटसँग जुध्न राजनीतिक दल एक ठाउँमा

pradesh_1
लोकपाटी न्यूज

विराटनगर, २३ चैत। लकडाउनको पूर्ण पालना गर्न प्रदेशबासीलाई आव्हान गर्दै प्रदेश १ का प्रमूख राजनीतिक दलले विभिन्न चार बुँदे निर्णय गरेका छन्। बैठक बसी राजनीतिक दलले लकडाउनबाट उत्पन्न परिस्थितिबारे चार बुँदे निर्णय गरेका हुन्।

जसमा सरकारी अस्पताल, मेडिकल कलेज र अन्य अस्पतालहरुबाट प्राप्त हुने स्वास्थ्य सेवालाई नियमित रुपमा सञ्चालन गर्न आवश्यक व्यवस्था मिलाउन सरकारलाई आग्रह गर्ने र अस्पतालहरुलाई पनि सर्वसाधारण जनताको उपचारका निम्ति सञ्चालन गर्न अनुरोध गर्ने, लकडाउनका कारण उत्पन्न हुन सक्ने अत्यावश्यक खाद्यान्न सामग्री, तरकारी, खाना पकाउने इन्धनलगायत सामग्रीको उपलब्धता र निम्न आय भएका, आधारभूत जनता र लकडाउनका कारण समस्यामा परेकालाई राहत वितरणमा एकरुपता कायम गर्न स्थानीय प्रशासन, स्थानीय तह (वडा स्तरसम्म) नेतृत्वमा राजनीतिक समयन्त्रमार्फत् राहत बितरण गर्ने व्यवस्था मिलाउन अनुरोध गरिएको छ।

यसैगरी कोरोना भाइरसको संक्रमणलाई रोक्न सरकारले हाल लगाएको लकडाउनमा समेत केही मानिसहरु साँझको समय बिना उद्देश्य हिंडडुल गर्ने तथा लकडाउन उल्लंघन गरेको पाइएकोले लकडाउनलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न गराउन सरकारलाई अनुरोध गर्ने र प्रदेशबासी जनतालाई सबै राजनीतिक दलहरुले अपिल गर्ने निर्णय गरेका छन्।

प्रदेशस्तर, जिल्लास्तर र स्थानीय तहमा सञ्चालित क्वारेन्टाईन, आईसोलेटेड अस्पतालहरु, कोरोना विशेष अस्पतालहरुमा भएका काम कारबाहीहरुको नियमित अनुगमनका लागि प्रदेश सरकारले व्यवस्थापन गर्ने त्यस्तो अुनगमनबाट प्राप्त सूचनाहरुको विश्लेषण गरी सरकारलाई पृष्ठपोषण गर्ने दलले निर्णय छ।

बैठकपछि दलको तर्फबाट नेकपाका प्रदेश कमिटी अध्यक्ष देवराज घिमिरे, डिग बहादुर लिम्बू सभापति नेपाली कांग्रेस मोरङ र राजीव कोइराला प्रमूख विपक्षी कांग्रेस,राप्रपाका प्रदेश अध्यक्ष राम थापा, अशोक चेम्जोङ महासचिव संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राजकुमार यादव उपाध्यक्ष समाजवादी पार्टी प्रदेश उपाध्यक्षले संयुक्त हस्ताक्षर गरी विज्ञप्ति जारी गरेका हुन्। राजनीतिक दल शनिबार बैठक बसी चार बुँदे निर्णय गरेका हुन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्