‘मैले मध्यावधि चुनावकाे माग गरेको छैन’ : डा. प्रकाशशरण महत

लोकपाटी न्यूज

काठमाडौं, २३ चैत। नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले मध्यावधि चुनाव हुनु पर्ने माग आफूले नगरेको बताएका छन्। शनिबार एक अनलाइनले ‘सरकार असफल भयो, अब मध्यावधि चुनाव हुनुपर्छः डा महत’ शिर्षकमा  समाचार लेखेको थियो । महतको मध्यावधि चुनाव हुनुपर्ने भनाइलाई लिएर समाजिक सञ्जालमा उनको बिरोध भएको थियो।

आफूले बोल्दै नबोलेको कुरालाई राखेर समाचार लेखिएको भन्दै महतले आइतबार विज्ञप्ति निकालेका छन्। समाजिक सञ्जाल फेसबुकमा राखिएको उनको विज्ञप्तिमा हालै एउटा टेलिभिजनलाई अन्तर्वार्ता दिने क्रममा बोलेका कुराको प्रसङ्गलाई तोडमोड गरेर एउटा अनलाईनमा मध्यावधि निर्वाचनको माग गरेको भनी हेडलाईन राखेकै आधारमा र पूरै अन्तर्वार्ता नसुनी मध्यावधि निर्वाचनको माग ग¥यो भनेर प्रचार गरिएकोमा गम्भीर ध्यानाकषर्ण भएको बताएका छन ।

‘अन्तर्वार्ताका क्रममा मैले कोरोनासंक्रमण सकिएपछि कस्ता-कस्ता अवस्था आउन सक्छन् भन्ने विषयका बारे गरेको विश्लेषणलाई बंग्याएर हेडलाइनमै मध्यावधि निर्वाचन चाहियो भनेर प्रचार हुँदा दुःख लागेको छ,’ उनले  भनेका छन्, ‘हालै एउटा टेलिभिजनलाई अन्तर्वार्ता दिने क्रममा मैले बोलेका कुराको प्रसंगलाई तोडमोड गरेर एउटा अनलाइनमा मैले मध्यावधि निर्वाचनको माग गरेको भनी हेडलाइन राखेकै आधारमा र पूरै अन्तर्वार्ता नसुनी मध्यावधि निर्वाचनको माग गर्‍यो भनेर प्रचार गरिएकोमा मेरो गम्भीर ध्यानाकषर्ण भएको छ।’

यस्तो छ उनको विज्ञप्तिः

भ्रमपूर्ण समाचारप्रति मेरो गम्भीर आपत्ति

हालै एउटा टेलिभिजनलाई अन्तर्वार्ता दिने क्रममा मैले बोलेका कुराको प्रसङ्गलाई तोडमोड गरेर एउटा अनलाईनमा मैले मध्यावधि निर्वाचनको माग गरेको भनी हेडलाईन राखेकै आधारमा र पूरै अन्तर्वार्ता नसुनी मध्यावधि निर्वाचनको माग ग¥यो भनेर प्रचार गरिएकोमा मेरो गम्भीर ध्यानाकषर्ण भएको छ । उक्त अन्तर्वार्ताको मुल आसय यो सरकार देशमा कोरोनाको कारण सिर्जना भएको विषम परिस्थितिमा पनि जनताको सुरक्षामा भन्दा व्यापक अनियमिततामा लिप्त भएको भन्ने विषय रहेको थियो । अन्तर्वार्ताका क्रममा मैले कोरोना संक्रमण सकिएपछि कस्ता कस्ता अवस्था आउन सक्छन् भन्ने विषयका बारे गरेको विश्लेषणलाई वंग्याएर हेडलाइनमै मध्यावधि निर्वाचन चाहियो भनेर प्रचार हुँदा दुःख लागेको छ ।
अहिलेको अवस्थामा हाम्रो सम्पूर्ण माग देशलाई संक्रमणबाट पार लगाउन सरकार थप गम्भीर बनोस् भन्ने हो । र, चाँडोभन्दा चाँडो देश यो संक्रमणमुक्त होस् भन्ने नै हो । यसका लागि हाम्रो पार्टी पंक्ति पूर्ण रुपमा क्रियाशील छ । तसर्थ, म सबैमा उक्त अनलाइनको हेडलाइनको भ्रममा नपरी पूरै अन्तर्वार्ता सुनी त्यसका आधारमा दृष्टिाकोण बनाउन पनि अनुरोध गदर्छु । अहिले लकडाउनका बेला सबैले एकअर्कालाई सघाउने समय भएको मलाई ज्ञात रहेको जानकारी गराउँछु । साथै, यस्ता अफवाहका पछाडि नलागी सत्य तथ्यका आधारमा मात्रै धारणा बनाइदिन अनुरोध गदर्छु । धन्यवाद । जय नेपाल

डा.प्रकाशशरण महत
सहमहामन्त्री
नेपाली काँग्रेस