अमेरिकामा दुई नेपालीको मृत्यु, कोरोनाको आशंका

death
लोकपाटी न्यूज

काठमाडौं, २३ चैत। कोरोनाले सबैभन्दा बढि प्रभावित अमेरिकाको न्युयोर्क सहरमा दुई नेपालीको मृत्यु भएको छ। उनिहरुको कोरोना संक्रमणको कारण मृत्यु भएको अनुमान गरिए पनि थप रिर्पोट भने आउन बाकी छ।
मृत्यु हुनेमा मुस्ताङ घर भई न्युयोर्कको क्वीन्समा बस्दै आएका सोनाम लामा र ज्याक्सन हाइट बस्दै आएका थोंग्वेन विष्ट रहेका छन्।

बिरामी भएर घरमै आराम गरिरहेका अन्दाजी ४० बर्षिय सोनाम फोनमा सम्पर्क नभएपछि उनी बसेको स्थानमा गएर हेर्दा उनी मृत अवस्थामा भेटिएको बताइएको छ। १८ बर्षदेखि अमेरिकामा बस्दै आएका उनको परिवार भने नेपालमै बस्दै आएका छन्। उनको कोरोना परिक्षणको रिपोर्ट भने आउन बाकी छ। उनको शव प्रहरीले लगेको बताइएको छ।

त्यस्तै अर्को मृत्यु भएका थोंग्वेन १२ वर्षदेखि अमेरिकाको ज्याक्सन हाइटस्थित उनी बस्दै आएका थिए। उनी बस्दै आएको अपार्टमेन्टमा उनको मृत्यु भएको हो। उनका बारेमा थप विवरण आइनसकेको नेपाली दूतावासले बताएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्