काठमाडौं, २३ चैत। चीनले अमेरिकालाई भेन्टिलेटर सहयोग गरेका छ। अमेरिकाको न्युयोर्कका लागी चीनले १ हजार थान भेन्टिलेटर सहयोग गरेको हो। न्युयोर्क अमेरिकाको सबैभन्दा बढी कोराना प्रभावित राज्य हो । त्यहाका गभर्नर एन्ड्रिउ कुमोले भेन्टिलेटर उपलब्ध गराएको भन्दै चीनलाई धन्याबाद दिएका छन।
कोरोना भाइरसको संक्रमीतको संख्या बढ्दै जादा यो राज्यमा भेन्टिलेटरको अभाव भएको हो। चीनबाट पठाइएको भेन्टिलेटर शनिबार पुगिसक्ने बताइएको थियो तर हालसम्म प्राप्त नभएको न्युयोर्क राज्यले बताएको छ। भेन्टिलेटर प्राप्त भएपछि राहत मिल्ने आशा राखिएको छ।यसअघि अमेरिकालाइ रुसले भेन्टिलेटर, मास्कलगायतका स्वास्थ्य सामग्री सहयोग गरेको थियो।
अमेरिकामा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ। न्युयोर्क राज्यमा मात्रै एक लाख १३ हजार मानिसमा कोरोना भाइरसको संक्रमण देखिएको छ भने एकैदिन छ सय ३० जनाको ज्यान गएको छ।अमेरिकाका तीन लाख मानिसमा कोरोना भाइरसबाट संक्रमित छन भने झण्डै आठ हजार मानिसको ज्यान गुमाइसकेका छन ।



लोकपाटी न्यूज

