उपकार सेवा नेपालद्वारा सडक बालकालिका र असाहयलाई भोजन

hhh
लोकपाटी न्यूज

काठमाडौं, २२ चैत। सरकारले जारी गरेको लकडाउनका कारण सडक बालबालिकाहरुको अवस्था नाजुक छ। लामो समयदेखि खान नपाएर उनीहरु भोकै बस्न बाध्य भएका छन्।

त्यस्ता सडक बालबालिका र अस्पतालमा रहेका बिरामी कुरुवाहरुलाई उपकार सेवा नेपालले निःशुल्क खाना खुवाउने सेवा सुरु गरेको छ। काठमाडौंको सडक र गल्लीहरुमा जीवन बिताउदै आएका सडक बालबालिका र अनाथहरुका लागि अहिले निक्कै कष्टकर समय छ।

पसल, होटल तथा रेष्टुरेण्टहरु पूर्ण रुपमा बन्द भएपछि सडक बालबालिकाहरुको गाँस टुटेको छ। बालबालिका र असाहयहरु काठमाडौंमा खान नपाएर भौतारिरहेका छन्।

यस्ता असहायहरुका लागि उपकार नेपाल शान्ति स्काउट र उपकार सेवा नेपाल नामक सामाजिक संस्थामार्फत् निःशुल्क भोजन गराउने अभियान जारी छ। दैनिक ६ सयदेखि ८ सय जनालाई खानाको व्यवस्था मिलाइएको उपकार सेवा नेपालका सदस्य राकेशकुमार अग्रवालले बताए। खानाखान पाएपछि सडक बालबालिका तथा असाहयहरुले खुसी व्यक्त गरेका छन्।

खानामा दालभात तरकारी र दिउँसो खाजामा पुरी तरकारी, पानी तथा मास्कसमेत निःशुल्क रुपमा वितरण गर्दै आएको छ। काठमाडौं, भक्तपुर ललितपुरका विभिन्न स्थानहरुमा केन्द्र बनाएर खाना पकाउने र प्याकिङ गर्दै ठाउँठाउँमा लगेर खुवाउने गरिएको नेपाल शान्ति स्काउटका तालिम आयुक्त सुधन मरासिनीले बताए। यसका लागि शान्ति स्काउटका सदस्यहरु सक्रिय भएर लागि परेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्