काठमाडौं, २१ चैत। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अत्यावश्यक स्वास्थ्य सामग्री खरिद प्रकरणमा भ्रष्ट्रचारमा संलग्नहरूलाई जिम्मेवारीबाट मुक्त गरी अनुसन्धान र कारबाहीको प्रक्रियालाई सघाउन प्रधानमन्त्रीसँग आग्रह गरेका छन्।
सभापति देउवाले शुक्रबार एक वक्तव्य जारी गरी यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पनि गहिरो अनुसन्धान गर्न र कारबाही प्रक्रिया अघि बढाउन पनि अनुरोध गरेका छन। कोरोना भाइरसको जोखिमबाट नेपाल र नेपालीलाई जोगाउन आफ्नो दल सरकारका साथमा रहेको र हरसम्भव सघाइरहेको बताउँदै उनले धैर्य, पारदर्शिता एवं विधि प्रक्रियाको पालनाका साथ युद्धस्तरमा कार्य गर्न सरकारलाई सुझाए।



लोकपाटी न्यूज

