पाेखराकाे परीक्षण पाेजिटिभ, काठमाडाैं ल्याउँदा नेगेटिभ

coronavirus_blood_test
लोकपाटी न्यूज

काठमाडौं, २१ चैत। भारतबाट फर्किएका कास्कीका एक व्यक्तिमा बिहीबार कोरानाकाे परीक्षण गर्दा पाेजिटिभ देखिएकाे थियाे। तर त्यही स्वाब काठमाडाैं ल्याएर पुनपरीक्षण गर्दा नतिजा नेगेटिभ देखिएकाे छ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले गरेको परीक्षणमा कोरोनाको संक्रमण पोजेटिभ देखिएको गण्डकी प्रदेश सरकारले जनाएको थियाे। चिकित्सकका अनुसार, कोरोनाको परीक्षण तीनपटक गरिन्छ। पहिलोपटक परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको हो। त्यसपछि दाेस्राेपटक पुन परीक्षण गर्दा रिपाेर्ट नेगेटिभ आएकाे र तेस्राे परीक्षणका लागि काठमाडाैं पठाइएकाे थियाे।

ती व्यक्तिको नमूना संकलन गरेर पुनःपरीक्षणका लागि पठाइएको प्रदेश सरकारले जनाएको थियाे। नेपालमा अहिलेसम्म ६ जनामा कोरोना संक्रमण देखियो। काठमाडाैंकाे तेस्राे परीक्षण नेगेटिभ देखिएकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्