कोरोनाबाट मर्नेको संख्या ४२ हजार १ सय भन्दा बढि

लोकपाटी न्यूज

काठमाडौं, १९ चैत। विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस ( कोभिड १९ ) बाट मर्नेको संख्या दिन प्रतिदिन उच्च हुँदै गएको छ। बुधबार बिहान १० बजे सम्म मर्नेको संख्या ४२ हजार १ सय ५८जना पुगेको छ । विश्वमा ८ लाख ५८ हजार ६ सय ६९ जनालाई संक्रमण देखिएको छ भने १ लाख ७८ हजार ९९ जनालाई निको भएको छ । सबभन्दा धेरै अमेरिकामा १ लाख ८८ हजार ५ सय ३० जनालाई संक्रमण देखिएको छ ।

कोरोनाले सबैभन्दा बढी क्षति इटालीमा भएको छ। हाल पनि सबैभन्दा उच्च मृत्युदरको शिकार पनि इटाली नै भएको छ। इटालीमा बुधवारसम्म झण्डै १२ हजार ४ सय २८ नागरिकको मृत्यु भएको छ। यहाँ १ लाख ५ हजार ७ सय ९२ जना संक्रमित देखिएका छन ।
नेपालमा १ हजार ६० जनाको कोरोना परीक्षण गरिएको छ जसमध्ये ५ जनामा संक्रमण देखिएको तथा १ जनालाई निको भएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्