पावर चाइनाद्वारा ऊर्जा मन्त्रालयलाई पाँच हजार मास्क प्रदान

लोकपाटी न्यूज

काठमाण्डौंं, १८ चैत।चीनको पावर चाइना कम्पनीले ऊर्जा, जलश्रोत तथा सिंचाइ मन्त्रालयका लागि ५ हजार थान सर्जिकल मास्क हस्तान्तरण गरेको छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण मास्क अभाव भएका बेला पावर चाइनाले मंगलबार मन्त्रालयलाई मास्क उपलब्ध गराएको हो । पावर चाइनाका प्रतिनिधि ली हाइयुआनले सिंहदरबारस्थित मन्त्रालयमा पुगेर ऊर्जा, जलश्रोत तथा सिंचामन्त्री वर्षमान पुन अनन्तलाई मास्क हस्तान्तरण गरे । ती मास्क मन्त्रालयअन्तर्गतका नेपाल विद्युत प्राधिकरण र जल तथा मौसम पूर्वानुमान महाशाखासहित अत्यावश्यक सेवाका कर्मचारीका लागि वितरण गरिने मन्त्री पुनले बताए । अभावका बेला सदभावपूर्वक मास्क उपलब्ध गराएकामा मन्त्री पुनले पावर चाइनालाई धन्यवाद दिए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्