सडकमा कीटनाशक औषधि छर्किँदै सुनवल नगरपालिका

sunwal napa
लोकपाटी न्यूज

रमेश भुषाल/ पश्चिम नवलरासी, १८ चैत। पश्चिम नवलरासीको सुनवल नगरपालिका भित्र पनि मंगलबारदेखि (डिस्इन्फेक्सन स्प्रे) कीटनाशक औषधि छर्किएको छ।

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) का कारण देशव्यापी रुपमा लकडाउन रहेको अवस्थामा अन्य संक्रमणहरुलाई समेत मध्यनजर गर्दै कीटनाशक औषधि छरिएको सुनवल नगरपालिकाले जनाएको छ। सोहि क्रममा सुनवल नगरपालकाको वडा नम्वर ४ मा पनि आजदेखि कीटनाशक औषधि छर्न सुरु गरिएको वडाध्यक्ष विर वहादुर गुरुङले बताए।

1

लकडाउन रहेको स्थितिमा कीटनाशक औषधि छरिनाले फोहोरमैलाबाट निस्कने किटाणुहरुको संक्रमणलाई रोक्ने भएकाले यसको प्रभावकरीता हुने विश्वास गरिएको वडा सदस्य वालकृष्ण पंगेनीले बताए।

महामारीको यस अवस्थामा कीटनाशक औषधि छर्किदै गर्दा वडावासीहरुले समेत राहत महशुस गर्ने कीटनाशक औषधि छर्किने कार्यमा सहजीकरण गरिरहेका वडा नम्वर ४ का समाजसेवी मुरली गौतम र राजकुमार तिवारीले बताए।

5

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्