अनिवार्य कोभिड क्लिनिक सञ्चालन गर्न सरकारको निर्देशन

लोकपाटी न्यूज

काठमाडौं, १८ चैत। सरकारले देशभरका सबै अस्पताल, सबअस्पताल, प्रादेशिक अस्पताल, मेडिकल कलेजलाई अनिवार्य कोभिड क्लिनिक सञ्चालन गर्न निर्देशन दिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सूचना प्रकाशित गर्दै अनिवार्य कोभिड क्लिनिक सञ्चालन गर्न तथा कोभिड १९ शंकास्पद विरामीहरुको लागी मन्त्रालयले तोकेको प्रोटोकल अनुसार उपचार गर्न निर्देशन दिएको हो।

यसअघि कतिपय मेडिकल कलेज र निजी अस्पतालहरुले कोरोनाको उपचार गर्न मानेका थिएनन् ।
मन्त्रालयले अन्य आकस्मिक स्वास्थ्य उपचार सेवाहरु साबिक बमोजिम नै प्रदान गर्ने तर त्यस्तो सेवा प्रदान गर्दा कार्यरत चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीहरु, बिरमीहरु र बिरामीका आफन्तहरुको स्वास्थ्य सुरक्षालाई राखी आवश्यक प्रबन्ध मिलाउन पनि निर्देशन दिएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्